Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

साताको सेयर बजार : १.४६ अंकको गिरावट, २ अर्व ६२ करोडको कारोबार

साताको सेयर बजार : १.४६ अंकको गिरावट, २ अर्व ६२ करोडको कारोबार

काठमाडौं, ६ असोज । गतसाता नेपाल स्टक एक्सचेन्ज नेप्से साताको पहिलो दिनको तुलनामा १ दशमलव ४६ अंकले घटेर १ हजार २ सय ५५ दशमलव ०७ अंकमा झरेको छ । साताको पहिलो दिन आइतबार नेप्सेमा १४ खर्ब ९६ अर्ब ४७ करोड ८३ लाख रुपैयाँ कारोबार भएको थियो भने साताको अन्तिम दिन कारोबार १४ खर्ब ९४ अर्ब ९० करोड २४ लाख रुपैयाँ थियो ।

कुल १ सय ८९ कम्पनीको २७ हजार ७ सय कारोबारबाट २ अर्ब ६२ करोड ५० लाख १४ हजार रुपैयाँ बराबरको ९० लाख ७० हजार ७ सय ७० कित्ता सेयर यो साता खरिद बिक्री भयो । कारोबार रकम गत साता भन्दा २४ दशमलव ९१ प्रतिशतले बढी हो । गत साता २ अर्ब १० करोड १५ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड २ लाख ५५ हजार ६ सय ८० कित्ता सेयर किनबेच भएको थियो ।

त्यस्तै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ परिसूचक पहिलो दिनको तुलनामा अन्तिम दिन शुन्य दशमलव ८४ अंकले घटेर २ सय ६६ दशमलव ०९ अंकमा पुगेको छ । कारोबारमा भएका १ सय ८६ कम्पनी मध्ये सबैभन्दा बढी एनएमबी बैंकको सेयर कारोबार भएको छ । जसको १९ करोड ९० लाख ५० हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

यसैगरी एनआईसी एसिया बैंकको १२ करोड १२ लाख ९० हजार रुपैयाँ, सानिमा माई हाइड्रोपावरको १० करोड २ लाख ४० हजार रुपैयाँ, नेपाल बैंकको ९ करोड ५० लाख ६० लाख रुपैयाँ र प्रभु बैंकको ९ करोड ३६ लाख १० हजार रुपैयाँ सेयर कारोबार भएको छ । कारोबार भएको सेयर संख्याको आधारमा पनि एनएमबी बैंकले अगाडि रहेको छ । जसको ५ लाख ५३ हजार कित्ता सेयर किनबेच भएको छ ।
कारोबार संख्यामा पनि यही बैंक अग्रस्थानमा रहेको छ । जसको संख्या १ हजार ४ सय ५७ वटा रहेको छ ।

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार चार दिन खुल्ला रह¥यो । यस साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा देव विकास बैंकको २४ लाख ७० हजार ९ सय २३ दशमलव ४१ कित्ता सेयर सूचिकृत भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x