Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

टीभीएस मोटर्स र जगदम्बा मोटर्स सहकार्यको तीन वर्ष, दरबारमार्गमा आज स्ट्रिट फेस्टिभल

टीभीएस मोटर्स र जगदम्बा मोटर्स सहकार्यको तीन वर्ष, दरबारमार्गमा आज स्ट्रिट फेस्टिभल

काठमाडौं, ६ असोज । १४ औ दरबारमार्ग स्ट्रिट फेस्टिभल आज काठमाडौंको दरबारमार्गमा हुदैछ । टीभीएस मोटर्स इन्डिया र जगदम्बा मोटर्स नेपालको सहकार्य सुरु भएको तीन वर्ष पुगेको अवसरमा फेस्टिभल आयोजना गरिएको बताइएको छ ।

कार्यक्रममा इन्डियन र्‍याप किङ्ग बादशाहले प्रस्तुती दिँदै छन् भने नेपालका चर्चीत कलाकारहरु इन्दिरा जोशी, एड रे, एज व्याण्ड, बुगी उगीका टप थ्री तथा नेपाल आइडलका टप थ्री कलाकारहरुको समेत प्रस्तुती रहनेछ। फेस्टिभलमा खानाका स्टलहरुको साथै किड्स जोन पनि रहनेछ। उक्त दिन दरबारमार्गका आउटलेटहरुमा डिस्काउन्ट सहित सपिङ समेत गर्न सकिने आयोजकले जानकारी दिएको छ।

उक्त कार्यक्रममा टीभीएस एनटर्कका पहिलो ५० जना ग्राहकहरुले बादशाहसँग भेट्ने अवसर समेत प्राप्त गर्नेछन्।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x