Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति

पोखरा उद्योग वाणिज्य संघमा अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति

काठमाडौं, ७ असोज । पोखरा उद्योग वाणिज्य संंघको अध्यक्षमा दामु अधिकारी निर्वाचित भएका छन् । संघको ३२औँ अधिवेशनबाट शनिवार अबेर घोषणा गरिएको मतपरिणामअनुसार अधिकारीले प्रतिस्पर्धी रवीन्द्रबहादुर प्रजुलाई सात मतको अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन ।

आगामी दुई वर्षे कार्यकालको लागि संघमा नेतृत्व लिन वाम र लोकतान्त्रिक दुई प्यानलबीच निर्वाचन भएकोमा वाम प्यानलका अधिकारीले १ हजार ४ सय ७८ मत प्राप्त गरे भने लोकतान्त्रिकका प्रजुले १ हजार ४ सय ७१ मत प्राप्त गरे ।

त्यस्तै अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योगतर्फको उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, वाणिज्य उपाध्यक्षमा पवन प्रजापति, महासचिवमा अर्जुन पोखरेल, कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे र उपमहासचिवमा चिनु गुरुङ विजयी भएका निर्वाचन समितिका संयोजक तीर्थ श्रेष्ठले जानकारी दिए ।

कार्यसमिति सदस्यमा कुमारी मुना बास्तोला, रुद्रप्रसाद लुईंटेल, केशवबहादुर खत्री, दिनेशचन्द्र बास्तोला, सोवित पौडेल, नगेन्द्रप्रसाद सुवेदी, ऋषिराम शर्मा, रामेश्वर अधिकारी, कृतिवल्लव त्रिपाठी र बलराम आचार्य विजयी भए । वस्तुगत सदस्यमा हरिराज पन्त, चिन्तामणि बास्तोला, तारानाथ ढुङ्गाना र श्रीप्रसाद घले विजयी भए । कर्पोरेट सदस्यमा हर्क अधिकारी र हरिहर सापकोटा तथा उद्योगतर्फको सदस्यमा सुरेशबहादुर श्रेष्ठ विजयी भए ।

कुल ३ हजार ३ सय ७७ मतदाता रहेकोमा निर्वाचनमा २ हजार ९ सय ८६ मत खसेको निर्वाचन समितिका सदस्य प्रकाश ज्ञवालीले जानकारी दिए । महाधिवेशन शुक्रवार र शनिवार दुई दिनसम्म चलेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x