भार्गव विकास बैकको साधारण सभा २७ गते, लगानीकर्तालाई बोनस सेयर दिने
काठमाडौं, ७ असोज । भार्गव विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयर लगानीकर्तालाई बोनस सेयर दिने भएको छ । विकास बैंकको असोज ५ गते बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो ।
विकास बैंकले जारी चुक्तापूँजीको ०.२९ प्रतिशत नगद लाभांश बराबर १३ लाख ८९ हजार ४ सय ७३ रुपैयाँ वितरण गर्ने भएको हो । यस्तै, चुक्तापूँजीको ५.५५ प्रतिशत बोनश सेयर बराबर २ करोड ६४ लाख रुपैयाँ जारी गर्ने भएको हो ।
विकास बैंकले दशौं बार्षिक साधारण सभा असोज २७ गते गर्ने जनाएको छ ।