नेशनल माइक्रोफाइन्सले पनि लाभांश दिने
काठमाडौं, ७ असोज । नेशनल माइक्रोफाइनान्सले चुक्ता पुँजीको ४० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीका अनुसार वितरण गरिने ४० प्रतिशत लाभांशमा शेयरधनीहरुलाइ बोनस २५ प्रतिशत र १५ प्रतिशत नगद वितरण गरिने छ ।
कम्पनीको हाल चुक्तापुँजी १२ करोड ३ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत बर्ष १९ पतिशतले नाफा बढाएर प्रतिशेयर आम्दानी ७१ रुपैयाँ २६ पैसा कायम गरेको छ भने प्रति शेयर नेटवर्थ २ सय ४२ रुपैयाँ ८ पैसा रहेको छ ।