Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ : गभर्नर नेपाल

७ सय ५३ वटै स्थानीय तहमा बैंकिङ पहुँच पुगेको छ : गभर्नर नेपाल

काठमाडौ, ७ असोज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवि नेपालले ७ सय ५३ स्थानीय तह मध्ये अव ९७ स्थानीय तहमा मात्रै वाणिज्य बैंकको शाखा कार्यालय पुग्न बाँकी रहेको बताएका छन् । आज दोस्रो थोक मूल्य सूचक अध्ययन प्रतिवेदन तथा लघुवित्त सेवा सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै गभर्नर नेपालले ति स्थानीय तहमा वाणिज्य बैंकमात्रै नपुगेको तर बैंक तथा वित्तीय संस्थाको उपस्थिति पुगिसकेको बताए ।

गभर्नर नेपालले सबै स्थानीय तहमा वाणिज्य बैंकको समेत उपस्थिति पुर्याउने सरकारी योजना भएको र सो योजना चाडै पुरा हुने दावी पनि गरे ।

त्यस्तै संघीय संरचना पछि निर्माण भएका कतिपय स्थानीय तह बैंकिङ पहुँच बाहिर रहेको भनिए पनि त्यो गलत भएको उनको तर्क थियो । वाणिज्य बैंक नपुगेकै भरमा बैंकिङ पहुँच पुगेन भन्न नमिल्ने गभर्नरको धारणा थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x