Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

असोज २१ देखि २९ सम्म दशैंका लागि नयाँ नोट वितरण

असोज २१ देखि २९ सम्म दशैंका लागि नयाँ नोट वितरण

काठमाडौं, ८ असोज । नेपाल राष्ट्र बैंकले असोज २१ देखि २९ सम्म नयाँ नोट वितरण गर्ने भएको छ । दशैं पर्वका लागि वितरण गर्न लागिएको नयाँ नोट फूलपातीको अघिल्लो दिनसम्म वितरण हुने नेपाल राष्ट्र बैंक, बैंकिङ कार्यालयका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।
सर्वसाधरणलाई नयाँ नोट सटही लिन सरकारी बैंकका शाखाहरुबाट पनि वितरण गर्ने व्यवस्था मिलाइएको छ । नयाँ नोट सटहीका लागि राष्ट्र बैंकको बैंकिङ कार्यालय, थापाथलीसहित राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट सटही सुविधा दिने व्यवस्था मिलाइएको केन्द्रीय बैंकले जनाएको छ ।
निरौलाका अनुसार एक व्यक्तिले २७ हजार रुपैँया सम्म सटही लिन पाउनेछ । एक सय दर को १०० ओटा र त्यसभन्दा साना नोटहरु २०० ओटा सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकका सहप्रवक्ता गोविन्द प्रसाद नागिलाले जानकारी दिए । गत वर्ष केन्द्रीय बैंकले १००, ५०, २०, १० र ५ दरका १३ अर्ब रुपैँया बराबरको नयाँ नोट वितरण गरेको थियो । यो वर्ष पनि सोही हाराहारीमा नयाँ नोट वितरण हुने केन्द्रीय बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x