बुटबलका उद्योगी, व्यवसायीलाई अर्थमन्त्रीको आग्रह– लगानी बढाउनुस्
काठमाडौं, ८ असोज । अर्थन्त्री डाक्टर युवराज खतिवडाले जनताले महसुश गर्ने गरि विकासको काम गर्ने बताएका छन् । बुटवल उद्योग बाणिज्य संघको साधारण सभामा उनले बहुमत सहितको अहिलेको सरकारसँग जनताको धेरै आशा रहेको भन्दै जनतालाई प्रत्याभुत हुने गरि विकास निर्माणको काम अघि बढाउने बताए ।
उनले सोही अनुसार सरकारको काममा सघाउन पनि सबैसँग आग्रह गरे । पछिल्लो समय करको विषयमा अनावश्यक हल्ला गरिएको भन्दै उनले आम्दानी गर्नेले कर तिर्नुपर्ने बताए । कही कतैबाट ऐन, कानुन विपरित काम भएको पाइन कारबाहीको चेतावनी पनि उनले दिए ।
नेपालमा लगानीमैत्री वातवारण बनेको भन्दै उनले लगानी बढाउन उद्योगी, व्यवसायीहरुलाई आग्रह पनि गरे । केही अप्ठ्यारा ऐनहरु कानुनहरु संशोधनको काम भइरहेको पनि मन्त्री खतिवडाले बताए ।
कार्यक्रममा उद्योगी, व्यवसायीहरुले पनि मुलुकमा लगानीमैत्री वातावरण निर्माणमा जोड दिएका थिए ।