Date

मङ्ल, असार ११, २०८१
Tue, June 25, 2024

दशैं लक्षित स्टक क्लियरेन्स मेला बिहीबारदेखि

दशैं लक्षित स्टक क्लियरेन्स मेला बिहीबारदेखि

काठमाडौं, १० असोज । दशैंको अवसर पारेर आगामी बिहीबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना हुँदैछ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवाको बिक्री बितरण गर्ने लक्ष्यका साथ आयोजना हुन लागेको मेलामा बजारको तुलनामा सस्तोमा सामान किन्न पाइन्छ ।

एकै छानामुनी सुपथ मूल्यमा आम उपभोक्तालाई दशैंको किनमेल गराउने उद्धेश्यले इभेण्ट सोलुसन प्रालिको आयोजनामा मेला हुन लागेको हो । नेपाल चेम्बर अफ कमर्सको प्रवद्र्धनमा आयोजना हुने मेलाको सबै तयारी पुरा भएको आयोजकले जनाएको छ ।  वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डीक्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु रहने छन् । ५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यक वस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेला असोज १५ गतेसम्म चल्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x