Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

मेरो माइक्रोफाइनान्सले बोनस सेयर दिने

मेरो माइक्रोफाइनान्सले बोनस सेयर दिने

काठमाडौं, १० असोज । मेरो माइक्रोफाइनान्स वित्तिय संस्थाले १५ प्रतिशत बोनस र ११.३२ प्रतिशतका (कर सहित) नगद लाभांश दिने भएको छ । कम्पनीले ४ करोड २९ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३ करोड २३ लाख ६३ हजार १५७ रुपैयाँ नगद लाभांश प्रस्ताव गर्न लागेको हो ।

कम्पनीको छैटौं वार्षिक साधारण सभा कात्तिक ९ मा नुवाकोटमा हुदै छ । बोनस सेयर पश्चात कायम हुने चुक्ता पुँजी ३२ करोड ८९ लाखमा शतप्रतिशत हकप्रद निस्कासन गर्ने प्रस्ताव पनि पेश गर्ने जनाइएको छ । त्यस्तै कम्पनीको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।

हाल कम्पनीको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनस र हकप्रद वितरणपछि यसको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x