Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल संचालनमा, खसी, बोका र च्याङग्रा भने २६ गते देखि बिक्री गरिने

चाडपर्वलाई लक्षित गरि सुपथ मूल्य पसल संचालनमा, खसी, बोका र च्याङग्रा भने २६ गते देखि बिक्री गरिने

काठमाडौं, १२ असोज । दशै, तिहार तथा छठ पर्वलाई लक्षित गरि वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागको अगुवाईमा आज देखि सुपथ मुल्य पसल संचालनमा ल्याइएको छ । चाडपर्वको समयमा उपभोक्ताहरुलाई आवश्यक पर्ने अत्यावश्यक खाद्य वस्तुहरु सहुलिय मुल्यमा उपलब्ध गराउने उद्धेश्यले पसल संचालनमा ल्याइएको हो ।

सुपथ मूल्य पसल कत्तिक २७ गते सम्म संचालन हुने छ । विगतका बर्षहरुमा विभिन्न सरकारी निकायहरुले मात्र पसल संचालन गदै आएकोमा यो बर्ष भने विभागले पहिलो पटक नीजि क्षेत्र र बिभिन्न सहकारी संस्थाहरु मार्फत पनि सुपथ मुल्य पसल संचाल गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचानले बताए ।  सरकारी निकायका संस्थाहरुबाट मात्र पसल संचालन गर्दा जनशक्तिको अभावमा सबै उपभोक्ताहरुको पहुँच सम्म पुग्न नसकेको हुनाले नीजि क्षेत्रका पसलहरु र संस्थाहरुलाई पनि समावेश गरिएको गौचनले जानकारी दिए ।
नीजि पसल तथा डिपाटमेन्ट स्टोरहरुले सुपथ मुल्यको ब्यानर राखेर नै खाद्य सामाग्रीहरु बिक्री गर्ने भएकाले ती पसलहरुमा पनि विभागले तोकिदिएको मुल्यमा नै खाद्य सामानहरु पाईने गौचनले बताए ।

सुपथ मुल्यका पसलहरु कति स्थानमा र कुन कुन नीजि क्षेत्रका संस्थाहरुलाई संचालन गर्ने दिने भने निश्चित भइनसकेको महानिर्देशक गौचनले बताए । बढ्दो मूल्य वृद्धिलाई मध्य नजर गदै संस्थानले उपत्यकाको थापाथली, जवलाखेल, पुतली सडकमा सुपथ मुल्यका पसलहरु राखिएको छ । उपत्यका बाहिर पनि सरकारी मातहतका संस्थानहरुले आजैबाट सुपथ मुल्य पसल संचालन गरिएको उनले बताए ।
साल्ट ट्रेडिङ कर्पोरशन र दुग्ध विकास संस्थानले भने आफ्ना कार्यलयहरुबाट पसल संचालन गरेको छ । साल्ट ट्रेडिङले विभिन्न स्थानमा घुम्ती सेवा पनि संचालन गरेको छ । सुपथ मुल्य पसलमा प्रतिकेजी ५ देखि १० रुपैयाँ सम्म विभिन्न खाद्य वस्तुहरुमा छुट दिइएको खाद्य संस्थानका प्रवक्ता शंकर सापकोटाले जानकारी दिए । प्रवक्ता सापकोटाका अनुसार सम्बन्धित कार्यालय तथा तोकिएका स्थानहरुबाट सहुलियत दरको चामल फापर, सिमी, नुन र चिनी बिक्री गरिएको छ ।

संस्थानले सुपथ मुल्य पसलमार्फत प्रतिकिलो मोटा चामलमा पाँच रुपैयाँ, बाँसमती चामलमा प्रतिकिलो १० रुपैयाँ, खसीबोका र च्याँग्रामा प्रतिकिलो १० रुपैयाँ , नूनमा दुई रुपैयाँ, डीडीसीको घ्यूमा ५० रुपैँया र पनिरमा १० रुपैयाँ छुट दिने व्यवस्था मिलाएको छ । संस्थानसंग पाँच किसिमका चामल, गहँ, फापर र जुम्लाको मिसी रहेकोछ । उनका अनुसार सुपथ मुल्य पसलमा बास्मती चामल, जिरामसिनो, सानो मन्सुली, मोटा चामल र जापान सरकारले दिएको अनुदान जाप्पनिज चामल लगायतका सामाग्री रहेका छन् ।

यसैगरि दशैंका लागि आवश्यक खसी, बोका, च्याङग्रा भने असोज २६ गते देखि खाद्य संस्थानले बिक्री गर्ने छ । यो बर्ष २ हजार खासी बोका, च्याङग्रा ल्याउने जानकारी दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x