Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

१ महिनामा १ खर्व २० अर्वको सामान आयात, निर्यात भने ६ अर्वको मात्र

१ महिनामा १ खर्व २० अर्वको सामान आयात, निर्यात भने ६ अर्वको मात्र

काठमाण्डौ, १२ असोज । चालु आर्थिक बर्षको पहिलो महिना साउनमा कुल बस्तु आयात १ खर्व २० अर्ब ६१ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार साउन महिनामा कुल वस्तु निर्यात भने ६ अर्ब ९२ करोड रुपैयाँको मात्र भएको छ ।

निर्यातको तुलनामा आयत अत्याधिक भएका कारण साउन महिनामा मात्र मुलुकले कुल १ खर्व १३ अर्ब ६९ करोड रुपैयाँ व्यापार घाटा छ । अघिल्लो बर्षको सोही अवधीको तुलनामा वस्तु निर्यात ३ दशमलव २ प्रतिशतले वृद्धि भई ६ अर्ब ९२ करोड रुपैयाँ पुगेको भएता पनि चीन तर्फको ४४ दशमलव ८ प्रतिशत र अन्य मुलुकतर्फको २ दशमलव ३ प्रतिशतले घटेको छ । निर्यात गरिने मुलुकहरुमा भारततर्फको निर्यातमा भने ९ दशमलव ६ प्रतिशत बढेको छ ।

वस्तुगत आधारमा पोलिष्टर यार्न, जस्तापाता, जुस, दाल, जडिबुटी लगायतका वस्तुको निर्यात बढेको छ भने तयारी पोशाक, जुटका सामान, रोजिन, अलैंची, पश्मिना, लगायतका वस्तुहरुको निर्यात घटेको छ । केन्द्रिय बैंकको तथ्यांक अनुसार भारतबाट आयात ४३ प्रतिशत, चीनबाट ३९ दशमलव ५ प्रतिशत र अन्य मुलुकबाट ९४ दशमलव ९ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा हवाईजहाज तथा पार्टपूजा, अन्य मेशिनरी, पेट्रोलियम पदार्थ, एमएस बिलेट, सवारी साधन तथा पार्टपूर्जा, लगायतका वस्तुको आयात बढेको छ भने सिमेन्ट, दुरसञ्चारका उपकरण, रसायनिक मल, यातायातका साधन तथा तिनका पार्टपूजा, स्वास्थ सम्बन्धी उपकरण लगायतका वस्तुहरुको आयात भने घटेको छ ।

साउन महिनामा निर्यात–आयात अनुपात ५ दशमलव ७ प्रतिशत कायम भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा ८ दशमलव ६ प्रतिशत रहेको थियो । सेवा तर्फको आयात–निर्यातमा भने समीक्षा अवधिमा कुल सेवा आयातमा २९ दशमलव ६ प्रतिशत र कुल सेवा खर्च ३१ प्रतिशतले बढेको कारण खुद सेवा आय ३ अर्ब २३ करोड रुपैयाँले घाटामा गएको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको सोही अवधीमा खुद सेवा आय २ अर्ब ३४ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाता अन्र्तगत पर्यटन आय समीक्षा अवधिमा २ दशमलव ८ प्रतिशतले मात्र वृद्धि भई ४ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो आय १७ दशमलव ८ प्रतिशतले बढेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x