महुलीको हकप्रद निष्कासनका लागि धितोपत्र बोर्डले दियो स्विकृती
काठमाडौ, १५ असोज । महुली सामुदायिक लघुवित्तले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीलाई सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डले स्विकृती दिएको छ ।
कम्पनीको साधारण सभाबाट पारित भएपछि उक्त सेयर जारी गरिने छ । हाल ६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको लघुवित्तको हकप्रद सेयर निष्काशन गपश्चात चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्ने जनाइएको छ ।
लघुवित्तको सेयर बिक्री प्रबन्धकमा सनराईज क्यापिटल रहेको छ । गत बर्ष लघुवित्तले १ करोड खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी २५ दशमलव ६३ पैसा कायम गरेको छ ।