Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

७५ दिनमा पूँजीगत खर्च साढे २ प्रतिशत

७५ दिनमा पूँजीगत खर्च साढे २ प्रतिशत

काठमाडौं, १५ असोज । चालु आर्थिक वर्षको साढे दुई महिनामा पूँजीगत खर्च साढे दुई प्रतिशत मात्र भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको ७५ दिनमा २.६१ प्रतिशत पूँजीगत खर्च भएको हो ।

आठ अर्व १८ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । गत आर्थिक वर्षमा पाँच अर्ब रुपैयाँ मात्र खर्च भएको थियो । चालु खर्च भने एक खर्व रुपैयाँ नाधि सकेको छ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ चालू आवमा एक अर्ब १८ करोड रुपैयाँको हिसाब देखिएको छ । गत वर्ष यस्तो व्यवस्थापन खर्च ८२ करोड रुपैयाँ मात्रै भएको थियो ।

निर्वाचन पश्चात तीन तहको सरकार गठन भएको कारण पनि यस पटक पूँजीगत खर्च बढ्ने अपेक्षा गरिएको छ। सोही अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाले पनि बजेट कार्यान्वयनमा सबै निकायलाई थप सक्रिय बनाइ बजेटले राखेका उद्देश्य पूरा गर्ने बताउदै आएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x