Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

लगानीकर्तालाई राहत, सेयर बजार २.६९ अंकले बढ्यो

लगानीकर्तालाई राहत, सेयर बजार २.६९ अंकले बढ्यो

काठमाडौं, १६ असोज । कारोबारको तेस्रो दिन सेयर बजारमा सामान्य सुधार देखिएको छ । बजार आज २.६९ अंकले बढेर १२४१.३६ विन्दुमा उकालो लागेको छ ।

कारोबार रकम भने ४५ करोड रुपैयाँमा सिमित भएको छ । आज कुल १७१ कम्पनीको २० लाख ३१ हजार ४९६ कित्ता सेयर कारोबार भएको हो ।

वाणिज्य बैंक र बीमा समुहमा सुधार आउँदा सेयर बजार बढेको हो । आज वाणिज्य बैंक १.६३, ट्रेडिङ १.६९। निर्जीवन बीमा १२.१५, जीवन बीमा १४.६२, माइक्रोफाइनान्स ३.०८ र अन्य समुह ७.७७ अंकले बढेको छ ।

तर, होटल, विकास बैंक, जलविद्युत र उत्पादनमूलक समुह क्रमशः ०.२९, ०.४४, २.९१, १.०१ र ५.६८ अंकले घटेको छ ।

आज सबैभन्दा बढि ग्लोबल आइएमइ बैंकको १ लाख १५ हजार ७९७ कित्ता सेयर किनबेज हुँदा ३ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । १५ प्रतिशत लाभांश घोषणा गरेको सानिमा माइ हाइड्रोपावरको पनि ९३ हजार ७२६ कित्ता सेयर २ करोड ९० लाख रुपैयाँ बराबरमा किनबेच भएको छ ।

एनडेप लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य करिब १० प्रतिशतले बढ्दा भैरव विकास बैंकको सेयर मुल्य भने करिब १० प्रतिशतले नै घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x