हाम्रो विकास बैंकको साधारण सभा, ज्योती बैंकमा समाहित हुनेबारे छलफल गरिने

काठमाडौं, १७ असोज । हाम्रो विकास बैंक लिमिटेडले आगामी कात्तिक ११ गते दशौं वार्षिक साधारण सभा डाकेको छ । साधारण सभामा ज्योति विकास बैंकमा समाहित हुने एजेन्डालाई छलफलको विशेष प्रस्तावको रुपमा राखिएको छ । साधारण सभा नुवाकोटको सदरमुकाम विदुरमा हुने छ ।

ज्योति विकास बैंकले गत असार ३१ गते हाम्रो विकास बैंकलाई खरिद गर्ने सम्झौता गरेको थियो । दुबै बैंकबीच स्वाप रेसियो सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिने सहमति छ । ज्योति विकास बैंकलाई राष्ट्र बैंकले हाम्रो विकास बैंकलाई एक्वायर गर्न सैद्धान्तिक सहमति समेत दिइसकेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *