Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदैं

प्रधानमन्त्री ओली आज दिउँसो स्वदेश फर्कदैं

काठमाडौं, १८ असोज । संयुक्त राष्ट्र संघको ७३औं महासभालाई सम्बोधन गर्न न्यूयोर्क गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। महासभापछि उनले कोस्टारिकाको भ्रमणसमेत गरेका थिए। त्यहाँ शान्ति विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि उपाधि दिएको थियो।
असोज ६ गते न्यूयोर्क प्रस्थान गरेका ओली करिब २ सतापछि बिहीबार दिउँसो काठमाडौं आइपुग्न लागेका हुन्।

प्रधानमन्त्री ओली दिउँसो पौने ४ बजे कतार एयरवेजको नियमित उडानबाट काठमाडौं आइपुग्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ । न्यूयोर्कमा प्रधानमन्त्री ओलीले राष्ट्र संघको महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न अन्तरक्रिया तथा छलफलमा सहभागी भएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x