काठमाडौंमा पाकिस्तानी सामाग्रीको प्रर्दशनी
काठमाडौं, १८ असोज । पाकिस्तानमा उत्पादित सामग्रीको प्रदर्शनी काठमाडौंको त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टरमा सुरु भएको छ।
पाकिस्तानको रावलपिन्डी उद्योग वाणिज्य सङ्घले काठमडौंको पाकिस्तानी राजदूतावास र इस्लामावादमा रहेको नेपाली दूतावाससँगको सहकार्यमा प्रदर्शनीको आयोजना गरेको हो ।
उक्त प्रदर्शनीको नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेद र नेपाल–पाकिस्तान मैत्री सङ्गठनका अध्यक्ष हिमालयशम्शेर जबराले संयुक्तरुपमा गरेका थिए ।
प्रर्दशनीमा छालाका सामान, हस्तकलाका सामग्री, लत्ता कपडा, नक्कली गरगहना सुपथ मूल्यमा बिक्री हुने छ । प्रर्दशनी असोज २३ गतेसम्म चल्ने छ ।