Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय बीमा कम्पनीले बोनस सेयर वितरणको प्रक्रिया अघि बढाउने

राष्ट्रिय बीमा कम्पनीले बोनस सेयर वितरणको प्रक्रिया अघि बढाउने

काठमाडौं, २० असोज । राष्ट्रिय बीमा कम्पनीको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शुक्रबार सम्पन्न साधारण सभाले प्रस्तावित १ सय २० प्रतिशत बोनस सेयरको प्रकृया अगाडी बढाउँदै ६ महिनभित्र आगामी साधारण सभा आयोजना गर्ने प्रतिवद्धता गरेको छ।

लगानीकर्ताहरुले साधारण सभा स्थगित गरी आगामी साधारण सभामा प्रस्तावहरु पारित गर्न दवाव दिँदै केहि समय सभा अवरोध गरेका थिए । प्रस्तावित १ सय २० प्रतिशत बोनस सेयरमा आकर्षित भई उच्च मूल्यमा शेयर खरीद गर्ने लगानीकर्ता मारमा परेको भन्दै यसै सभामा सो प्रस्ताव लैजान लगानीकर्ताहरुले दवाव दिएका थिए । लगानीकर्ताको अवरोध पश्चात कम्पनीका सञ्चालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले बीमा समितिको निर्देशनमा प्रस्तावित लाभांश स्थगित गर्नुपरेकोमा दुख व्यक्त गर्दै आगामी ६ महिनभित्र लाभांश सहितको प्रस्तावमा साधारण सभा गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।

२०७१ साल वैशाख २३ गते नेपाल सरकारको स्वामित्वमा रहेको बीमा संस्थान कम्पनीमा परिणत हुन सक्ने प्रावधान अन्तर्गत निर्जीवन व्यवसायलाई राष्ट्रिय बीमा संस्थानबाट अलग गरी राष्ट्रिय बीमा कम्पनीको रुपमा साउन १८ गतेदेखि छुट्टै सञ्चालनमा आएको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x