Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

फ्रान्सका राजदुत र उद्योग परिसंघका पदाधिकारी बीच भेटवार्ता

फ्रान्सका राजदुत र उद्योग परिसंघका पदाधिकारी बीच भेटवार्ता

काठमाडौं, २० असोज । नेपालका लागि फ्रान्सका नवनियुक्त राजदूत फंस्वा जाभियर लेजेसँग नेपाल उद्योग परिसंघका पदाधिकारीले भेटवार्ता गरेका छन् । सो अवसरमा राजदूत लेजेले नेपालको विकास एवम् समृद्धिका लागि नेपाली उद्योगी र फ्रान्सेली उद्योगीबीचको सम्बन्ध प्रवद्र्धन गर्न इच्छुक रहेको बताए ।

राजदूतले नेपालको औद्योगिक, पर्यटन एवम् हवाई क्षेत्रको विकासमा सहकार्य गर्न फ्रान्स इच्छुक रहेको बताउँदै समृद्धिको मार्गमा अघि बढेको नेपालको वर्तमान अवस्थामा नेपालमा फ्रान्सको लगानी भित्र्याउन पहल गर्ने बताए ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माले नेपालमा विकासको आधारका साथै लगानीको उचित वातावरण सृजना भएको हुँदा फ्रान्सेली उद्योगीका लागि नेपाल लगानीको राम्रो क्षेत्र हुने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x