Shangrila

एनसिसि बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

काठमाडौं, २२ असोज । नेपाल क्रेडिट एन्ड कमर्स बैंक (एनसिसि) लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । बैंकले सुरुमा भदौ ४ देखि असोज ७ गतेसम्म समय तोकेर २ः१ अनुपातमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । तोकिएको समयमा सबै नबिकेपछि बैंकले फेरि १५ दिनको समय थप गरेर हकप्रद भर्ने म्याद आज सम्मलाई पुर्याएको थियो ।

यसमा साउन १४ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको प्रधान कार्यालयका साथै यसका सम्पूर्ण शाखाहरुबाट सेयर भर्न सक्ने बैंकले जनाएको छ ।

हाल बैंकको चुक्ता पुँजी ४ अर्ब ६७ करोड ९८ लाख ५३ हजार रुपैयाँ छ । बैंकले यही पुँजीबाट हकप्रद बिक्री खुला गरेको हो । हकप्रद पछि एनसीसीको चुक्ता पुँजी ७ अर्ब १ करोड ८५ लाख ८७ हजार ३०० रुपैयाँ पुग्नेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *