Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

दुई महिनामा सुदूरपश्चिम प्रदेशले संकलन गर्यो नौ करोड ७७ लाख राजस्व

दुई महिनामा सुदूरपश्चिम प्रदेशले संकलन गर्यो नौ करोड ७७ लाख राजस्व

काठमाडौं, २२ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको दुई महिनामा नौ करोड ७७ लाख ६५ हजार चार सय एक रुपैयाँ रजस्व संकलन गरेको छ । प्रदेशमा संकलन गरिने कुल राजस्वको ७.५४ प्रतिशत साउन र भदौ महिनामा संकलन गरिएको सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

घरजग्गा दर्ता वापत पाँच करोड चार लाख २५ हजार सात सय १५ रुपैयाँ, सवारी साधन दर्ता वापत चार करोड २५ लाख ६३ हजार तीन सय र दण्ड जरिवाना तथा जफत गरे वापत ४७ लाख ७६ हजार तीन सय ८६ रुपैयाँ संकलन गरिएको छ । यो कुल संकलित राजस्व मध्ये प्रदेश सरकारको भागमा परेको ६० प्रतिशत मन्त्री बोहराले जानकारी दिए । दुई महिनाको रजास्व संकलन सन्तोषजनक रहेको उनले बताए ।

राजस्व वृद्धिका लागि करको दायरा बढाउने, चुहावट कम गर्नेलगायतका प्रयासहरु भइरहेका पनि मन्त्री बोहराले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x