Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

सन्राइज बैंकको थप चार शाखा

सन्राइज बैंकको थप चार शाखा

काठमाडौं, २२ असोज । सन्राईज बैंक लिमिटेडले चार वटा शाखा कार्यालय थप गरेको छ । ग्राहकहरुलाई सहज सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले सिराहाको मिर्चैया र रामेछापको प्रीतिमा, काभे्रको महाभारत गाँउपालिका र खोटाङको बराहपोखरी गाँउपालिकामा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

योसँगै बैंकको शाखा संख्या ९५ वटा पुगेको छ । साथै बैंकको देशभर १ सय ८ वटा एटिएम, ४ वटा एक्स्टेन्सन काउन्टर तथा २४ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित अरू क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x