Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

आँखु खोला हाईड्रोपावर कम्पनीको आईपीओ निष्काशन

आँखु खोला हाईड्रोपावर कम्पनीको आईपीओ निष्काशन

काठमाण्डौ, २३ असोज । आँखु खोला हाईड्रोपावर कम्पनीले १३ करोड ७६ लाख २ हजार रुपैयाँको साधारण शेयर आईपिओ निश्कासन गर्ने गरेको छ । कम्पनीले असोज २३ गते देखी ढिलोमा कात्तिक ६ गते सम्म आईपीओ बिक्री गर्नेछ । कम्पनीले निष्काशन गर्ने कूल १३ लाख ७६ हजार २० कित्ता शेयर मध्ये ६८ हजार ८ सय १ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५ सय २० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ ।

सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्टाएर बाँकी रहेको १२ लाख ७९ हजार ६ सय ९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ । आईपिओको शेयर बिक्री प्रबन्धक सिभिल क्यापिटल रहेको छ भने आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्म आवेदन गर्न पाउने व्यवस्था रहेको छ ।

कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन गरेको एक लाख ७६ हजार २० कित्ता अवितरित शेयर समेत गरि कम्पनीले सो रकमको आईपिओ जारी गर्न लागेको जनाएको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x