Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

परिसूचक र कारोबार रकम दुबै घटे

परिसूचक र कारोबार रकम दुबै घटे

काठमाडौं, २३ असोज । सेयर किन्नेको भन्दा बेच्नेको चाप बढेपछि सेयर बजार आज २.५९ अंकले घटेको छ । बजार घटेर १२१७.९३ विन्दुमा पुगेको छ ।

दशैं खर्च जोहो गर्ने सुरमा रहेका लगानीकर्ताहरु किन्नेमा भन्दा बेच्नमा नै बढि केन्द्रित देखिदा यसको असर परिसूचकमा परेको छ ।
आज सेयर कारोबार रकम पनि घटेको छ । कुल कारोबार रकम ३४ करोड ३२ लाख ९४ हजार रुपैयाँ सेयर किनबेच भएको छ ।

अन्य सुचक बाहेक आज सबै सुचकहरुमा कमि आएको छ । बैंकिङ्ग ३.८९, होटल २१.४३, विकास बैंक १.३८, जलविद्युत १२.८२, फाइनान्स १.०१, निर्जीवन बीमा ३७.६४, उत्पादनमूलक ११.८३, लघुव्त्ति ७.६२ र बीमा समुह १८.६३ अंकले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x