बजार मुल्य तोक्न अर्थ समितिको निर्देशन

काठमाण्डौ, २३ असोज । चाडपर्व आउनु अगाडी नै उपभोग्य वस्तुको मुल्य तोक्न अर्थ समितिले निर्देशन दिएको छ । संघिय संसद अन्तर्गतको अर्थ समितिको मंगलबार बसेको बैठकले मुल्य वृद्धि नियन्त्रण सम्वन्धी कानुनी व्यवस्था गर्न अर्थमन्त्रालयलाई यस्तो निर्देशन दिएको हो ।

साथै, चाडपर्व शुरु हुनु भन्दा २ महिना अगाडी नै उपभोग्य वस्तुको न्युनतम मुल्य निधारर्ण गर्ने कानुन बनाउन पनि निर्देशन दिएको छ ।
बैठकमा समितिका सदस्यहरुले महंगी नियन्त्रण सम्बन्धी सरोकारवालाहरुलाई ध्यानाकर्षण गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *