Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सहस्राब्दी विकास लक्ष्य हासिलका लागि केन्द्र, प्रदेश र स्थानीय तहको आवधिक योजना बनाउन पोखरामा प्रदेशस्तरीय कार्यशाला सुरु

पोखरा समाचारदाता
पोखरा, २३ असोज । सहस्राब्दी विकास लक्ष्य हासिलका लागि केन्द्र, प्रदेश र स्थानीय तहको आवधिक योजना, मध्यकालीन खर्च संरचना र वार्षिक विकासका लागि एउटै नीति बनाउन सोमबारदेखि पोखरामा प्रदेशस्तरीय कार्यशाला सुरु भएको छ ।

राष्ट्रिय योजना आयोग र गण्डकी प्रदेश सरकारको आयोजनामा भएको कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधनलाई गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेशमा बजेट भए पनि खर्च गर्न नसकेको बताए ।

सहस्राब्दी विकास लक्ष्य हासिलका लागि पनि केन्द्रले छिटोभन्दा छिटो प्रदेश सरकारलाई कामको लागि सहज वातावरण बनाइदिन मुख्यमन्त्री गुरुङले केन्द्र सरकार सँग आग्रह गरे ।

राष्ट्रिय योगना आयोगका सचिव लक्ष्मण अर्यालले विकासको दीर्घकालीन सोच नभएकोले अब बन्ने योजना पूर्ण योजना बन्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x