Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

चाडपर्वलाई लक्षित गरि सार्वजनिक सवारीको रुट परमिट खुला, ३१ गते सम्म लिन सकिने

चाडपर्वलाई लक्षित गरि सार्वजनिक सवारीको रुट परमिट खुला, ३१ गते सम्म लिन सकिने

काठमाडौं, २४ असोज । सरकारले आजदेखि सार्वजनिक सवारी साधनलाई इजाजत पत्र (रुट परमिट) खुला गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले नेपालीहरूको चाड दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं बाहिर जाने र आउने यात्रुहरुको सहजताका लागि भन्दै असोज ३१ गतेसम्मलाई रुट परमिट खुला गरेको हो ।

यातायात व्यवसायीहरुले पनि परमिट खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजान सहज हुने विश्वास लिएका छन् ।

त्यस्तै, विभागले सो समयमा सामान बोकेर काठमाडौँ भित्रिने ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ । सडकमा बढ्ने सवारी चापका कारण जाम हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको विभागले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x