Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

दशैपछि निक्षेप बढ्न गए मात्र ब्याज घट्छ

दशैपछि निक्षेप बढ्न गए मात्र ब्याज घट्छ

तुलसीराम गौतम

कर्जाको ब्याजदर आधार ब्याजदर (बेस रेट) मा लिङक गरेको हुन्छ । बेस रेट जहिले पनि तीन, तीन महिनामा घट, बढ हुने हुन्छ । त्यो अटोमेटिक घटबढ हुने हो । त्यसमा बैंकको पनि मोटामोटी हात हुदैन । तर बेसरेटको प्रिमियम चाही फिक्स हुन्छ ।

सामान्यतया कर्जाको विषयमा बेस रेट प्लस एक प्रतिशत भनिएको छ । जस्तो कुनै बेला १० प्रतिशत बेस रेट थियो भने एक प्रतिशत जोड्दा ब्याज ११ प्रतिशत हुने भयो । बेसरेट घटेर ९ मा आयो भने फेरी एक जोडेर १० प्रतिशत हुने भयो । त्यसकारण बैंकहरुले निक्षेपमा ब्याजदर घटाए तर कर्जामा चाही घटाएनन भन्ने हुदैन । हामीले के बुझ्न जरुरी छ भने बेसरेट आजको आजै तल माथि हुदैन । त्यसका लागि तीन, तीन महिना कुर्नै पर्छ ।

केही समय अघि जतिबेला तरलताको अभाव थियो । त्यो बेला कर्जा र निक्षेप दुबै तर्फ ब्याज बढेको हो । अहिले पनि फेरी निक्षेपको अभाव देखिन थालेको छ । पत्रपत्रिका हेर्नुभयो भने कतिपय बैंकहरुले उच्च रुपमा ब्याजदर दर छापेका छन् ।

बजारमा अहिले पहिलो त्रैमासिक पछि कर्जाको ब्याजदर घटाउछु भनेका बैंकहरुले अहिले फेरी घटाउन मानेनन् भने जस्तो गरि प्रचार गरिएको छ । ब्याजदर घट्ने बढ्ने भन्ने विषय निक्षेपमा भर पर्छ । निक्षेप कति सहज हिसावले आउछ । ठुलो हिसावले आयो भने कर्जाको ब्याजदर पनि तल आउने भयो ।

अर्को कुरा बेसरेट कसरी गणना गर्ने भन्ने विषयमा चार वटा कम्पोनेन्टहरु छन । त्यसमा सबैभन्दा ठुलो कम्पोनेन्ट कष्ट अफ फन्ड हो । कष्टअफ फन्ड भनेको निक्षेपकर्ताहरुको माझ दिइने ब्याज हो । भोली निक्षेपको अवस्था सहज भयो त्यसको प्रत्यक्ष असर बेस रेटमा पर्छ । र बसेरट तल झर्छ । त्यो भयो भने कर्जाको ब्याजदर पनि स्वत घट्छ । यसमा मैले अघि पनि भने मोटामोटी बैंकहरुको पनि हात हुदैन । तर स्वभाविक रुपमा दशै अघि कतिपयले बैंकबाट कर्जा लिएका होलान् । कतिपयले आफुले जम्मा गरेको पैसा पनि खर्च गर्नका लागि निकालेका होलान । त्यो पैसा दशै पछि घुमिफिरी बैंकमै आउने हुन्छ । अनी अरु निक्षेप पनि थपिन गयो भने निक्षेप बढछ । त्यसले बेसरेटमा स्वभाविक असर रुपमा असर पर्छ । यस्तो अवस्थामा कर्जाको ब्याजदर पछि घट्छ ।

(सेन्चुरी कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत गौतमसँग ब्याजदर बृद्धिबारे गरिएको कुराकानीमा आधारित सामाग्री)

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x