राष्ट्रिय वाणिज्य बैंकको ९ प्रतिशत ब्याजदरमा गाडी कर्जा योजना

काठमाडौं,२४ असोज । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले चाडपर्व उत्सव योजना अन्तर्गत ९ प्रतिशत ब्याजदरमा व्यक्तिगत सवारी प्रयोजनको लागि नयां गाडी कर्जा योजना ल्याएको छ ।

गाडीको कोटेशनमा अंकित मुल्यको बढिमा ६५ प्रतिशत वा ५० लाख रुपैयाँ मध्ये जुन कम हुन्छ सो रकम कर्जा लगानी गरिने बैंकले जनाएको छ ।

कर्जा अवधि ५ वर्ष सम्म भएमा ९ प्रतिशत र ५ वर्ष भन्दा बढि भएमा ९.५ प्रतिशत ब्याजदर लागु हुने छ । बढिमा ७ वर्ष सम्म कर्जा अवधि दिइने यो योजना २०७५ कार्तिक मसान्त सम्म मात्र लागु हुने बैंकले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो कर्जा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट लिन सकिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *