Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

दशैंमा सानिमा र सिद्धार्थ बैंकको यी शाखा कार्यालयबाट पाइने छ सेवा

दशैंमा सानिमा र सिद्धार्थ बैंकको यी शाखा कार्यालयबाट पाइने छ सेवा

काठमाडौं, २४ असोज । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैंको विदामा पनि सानिमा र सिद्धार्थ बैंकले प्रधान कार्यालय सहित अन्य केही शाखा कार्यालयबाट सेवा दिने भएका छन् ।

सानिमा बैंकले प्रधान कार्यालयबाट ३ सय ६५ दिन नै सेवा दिने जनाएको छ । यसका साथै बैंकको उपत्यका भित्रका कुमारीपाटी, न्यूरोड र सूर्यविनायक शाखा असोज ३० गते फुलपाती र ३१ गते महाअष्टमीका दिन पनि खुला हुने बैंकले सूचना प्रकाशन गरि जानकारी दिएको छ । उपत्यका बाहिर भने इटहरी, दमक, धनगढी, नारायणगढ, नेपालगञ्ज, पोखरा, बिर्तामोड, विराटनगर, बुटवल, लालबन्दी, वीरगञ्ज, सुर्खेत र हेटौंडा शाखा खुला रहने छ ।

सिद्धार्थ बैंकले पनि उपत्यकामा ४ र उपत्यका बाहिर १२ वटा शाखा कार्यालय मार्फत बैंकिङ सेवा दिने जनाएको छ । बैंकको उपत्यकाभित्र हात्तीसार, कुमारीपाटी, न्यूरोड र तीनकुने शाखा खुला हुनेछन् । उपत्यका बाहिर विराटनगर, वीरगञ्ज, भैरहवा, बुटवल, दमक, धनगढी, जनकपुर, नारायणगढ, नेपालगञ्ज, पोखरा लगायत शाखा खुला रहनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x