Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

फस्र्ट माइक्रोफाइनान्सले नगद लाभांश दिने

फस्र्ट माइक्रोफाइनान्सले नगद लाभांश दिने

काठमाडौं, २६ असोज । फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्था लिमिटेडले भोली हुने नवौं वार्षिक साधरणसभाबाट आफ्ना सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ ।

कम्पनीले कुल चुक्तापुँजीको १२.६३ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनिको हाल चुक्तापुँजी ६८ करोड ४३ लाख रुपैयाँ रहेको छ ।

फस्र्ट माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४÷०७५ सम्ममा १४७ साझेदार लघुवित्त संस्थाहरु मार्फत ९ अर्ब ७२ करोड ८० लाख रुपैयाँ थोक लघुकर्जा प्रवाह गरेको छ । कम्पनी हाल ४६ जिल्लाका १ लाख १९ हजार १ सय ४३ विपन्न ऋणीसम्म पुग्न सफल भएको छ । कम्पनीले आगामी ३ वर्षसम्म ५० जिल्लाका १ लाख ६९ हजार विपन्न ऋणीलाई कर्जा उपलब्ध गराउने लक्ष्य लिएको छ ।

फस्र्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षभित्रमा १७५ साझेदार संस्थाहरु माफृत् थप जिल्लाहरुमा सेवा विस्तार गरी लघुकर्जाको पहुँच विस्तार गर्ने जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x