ट्रायम्फको नयाँ शोरूम इटहरीमा खुल्यो: अटो सिटीले संचालन गर्ने

काठमाडाैं, २२ भदाै । विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले आज इटहरीमा नयाँ शोरूमको औपचारिक उद्घाटन गरेको छ। यस शोरूमको आधिकारिक डिलरको रूपमा अटो सिटी नियुक्त गरिएको छ।
उद्घाटन कार्यक्रममा स्थानीय गणमान्य व्यक्ति, मोटरसाइकलप्रेमी, र बाइकर समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा अटो सिटीका जयन्त संथालियाले “इटहरी र पूर्वी नेपालका राइडरहरूका लागि ट्रायम्फ शोरूम स्थापना हुनु ठूलो उपलब्धि हो। हामी उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न प्रतिबद्ध छौं” भने।
ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले भने, “ट्रायम्फ मोटरसाइकल केवल सवारी साधन होइन, यो विश्वासको प्रतीक हो। इटहरीको मोटरसाइकल प्रेमी समुदायसँग हाम्रो सम्बन्ध अझ मजबुत बनाउन पाउँदा हामी उत्साहित छौं।”
नयाँ शोरूममा प्रशिक्षित जनशक्ति, अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा, बिक्री, सेवा र स्पेयर पार्ट्ससहितको पूर्ण ३ एस सुविधा उपलब्ध छ। यसमार्फत इटहरी र वरपरका ट्रायम्फप्रेमीहरूले उच्चस्तरीय मोटरसाइकल, भरपर्दो सेवा र ओरिजिनल पार्ट्स सहज रूपमा पाउनेछन्।