महाराजगंज चोकमा ट्राफिक लाइट जडान

काठमाडौं , २६ असोज । काठमाडौं महानरपालिकाले २५ लाख रुपैया खर्च गरेर ट्राफिक लाइट जडान गरिएको छ । काठमाण्डौको चक्रपथ स्थित महाराजगंज चोकमा महानगरपालिकाले नेपाली प्रविधिमा निमार्ण गरिएको ट्राफिक लाइट संचालनमा ल्याएको हो । शुक्रबार उक्त सडक संकेत बत्तीको रिमोट काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेका हुन । 

मेयर शाक्यले सो अबसरमा अब चार्ड नै काठमाण्डौ उपत्यकाको सम्पुर्ण सडकमा ट्राफिक लाइट जडान गर्ने बताए । महाराजगञ्जमा निर्माण गरिएको ट्राफिक लाइट सवारी साधनका लागि ९० सेकेण्ड र जेब्रा क्रसिङ् प्रयोगकर्ताका लागि १५ सेकेण्ड समय कायम गरिएको जानकारी दिइएको छ । तारविहिन नेपाली प्रविधिमा जडान गरिएको उक्त प्रणालीमा बत्तीसँगै क्यामरा पनि जोडिएका छन् । ती क्यामराले १ सय मिटरसम्मका सवारीलाई (क्लोज अप) नजिकबाट निगरानी र तिनका गतिविधि रेकर्ड गर्न सक्ने छ ।

बत्तीहरु अटो र म्यानुअल दुवै तरिकाबाट चलाउन सकिन्छ । दिनको समयमा अटोमा राखेपछि एउटै समय तालिकामा आवागमन चल्छ भने बिहान वेलुकी सवारी साधन कम चल्ने बेलामा पैदल यात्रीले स्वीच थिचेर सडक पार गर्न सक्ने छन् । प्रयोगकर्ताले स्वीच थिचेको १० सेकेण्डपछि हरियो बत्ती बल्ने जानकारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *