गुर्जा हिमाल आरोहण गर्न गएका ८ आरोहीको मृत्यु, १ बेपत्ता

काठमाण्डौ, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका १ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएकाहरुमा हिम पहिरोमा परि ८ जनाको मृत्यु भएको छ । एकजना भने वेपत्ता छ ।

काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरियाहरु गुर्जा हिमाल चढ्न गएका थिए । उनीहरु हिम पहिरोमा परी ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार ट्रेकिङ एजेन्सीबाट १६ गते ६ जना कोरियन नागरिक र ४ जना पर्यटक गाईडसहित म्याग्दी गएका थिए । २१ गते बेस क्याम्प पुगेका उनीहरु २४ गते हिमाल तर्फ प्रस्थान गरेका थिए । प्रहरीका अनुसार १ जना कोरियन नागरिक भने स्वास्थ्यको समस्याको कारण काठमाडौँ फर्केका थिए । प्रहरीले दिएको जानकारी अनुसार २५ गते उनीहरु सम्पर्कविहिन भएका थिए । २७ गते विहान स्थानीयले एकजनाको शव देखेपछि प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो ।

टोलीमा भरिया गुर्जा गाउँकै बासिन्दा थिए । तर उनीहरु सम्पर्कमा नआएपछि स्थानीयबासी खोजीका लागि शुक्रबार बेसक्याम्प गएका थिए । पश्चिम हिमालको नामले समेत चिनिने गुर्जा ६ हजार ४ सय ६५ मिटर अग्लो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *