एभरेष्ट बैंकका कार्डहोल्डरले क्यान्सर हस्पिटलमा छुट पाउने

काठमाडौं, २८ असोज । एभरेष्ट बंैक लिमिटेडले नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरसँग हस्पिटलको सेवा प्रयोग गर्दा एभरेष्ट बैंकका डेविड तथा क्रेडिट कार्डका होल्डर ग्राहकहरुलाई विषेश छुट प्रदान गर्ने एक सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार एभरेष्ट बैंकका कार्ड होल्डरहरुले हस्पिटलका सेवाहरु रेडियोलोजी, ल्याब्रोटरी चार्ज, बेड चार्ज, रेडियसन थेरापी, ब्राक थेरापी तथा क्यान्सर स्कृनीङ प्याकेजमा छुट पाउनेछन् ।

हाल एभरेष्ट बैकसँग ९ लाख ५० हजार भन्दा बढी ग्राहक संख्या रहेको छ । हालै यस बंैक क्यामल्स रेटिङ्गमा नेपालका बैंकहरु मध्ये दोस्रो स्थानमा पर्न सफल भएको छ । यस बैंकको ८२ शाखा, ७ वटा एक्स्टेन्सन काउन्टर, २८ वटा रेभिन्यू संकलन केन्द्र तथा ११३ वटा एटिएम र ग्लोवल संजालबाट बैकिङ्ग सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *