Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

दोहोरो अंकको वृद्धिमा २७ करोडको कारोबार

दोहोरो अंकको वृद्धिमा २७ करोडको कारोबार

काठमाडौं, २८ असोज । सेयर बजार दोहोरो अंकले बढेको छ । दशैं नजिकिसकेकोले सेयर बेच्नेका चाप घटेका कारण आज बजार बढेको हो । साताको पहिलो दिन बजार १४.१५ अंकले बढेर १२४२.४३ विन्दूमा उक्लिएको छ ।

बाणिज्य बैंक १७.३७, होटल ५५.३४, विकास बैंक १८.१५, फाइनान्स ३.२४, निर्जीवन बीमा ८७.६१, अन्य ४.२७, माइक्रोफाइनान्स ११.१४ र बीमा समुह ५७.४९ अंकले बढेका छन् ।

तर, उत्पादनमूलक समुह ८७.६१ अंकले घटेको छ भने जलविद्युत समुह १.३१ अंकले घटेको छ ।

परिसूचकमा उत्साहजनक वृद्धि भएको भएपनि कारोबार रकम भने न्युन रहेको छ । कुल १५८ कम्पनीको १० लाख १६ हजार ४६० कित्ता सेयर २६ करोड ९९ लाख रुपैयाँमा कारोबार रकम भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x