Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

दशैंको बिदामा पनि बैंकहरुले सेवा दिने

दशैंको बिदामा पनि बैंकहरुले सेवा दिने

काठमाडौं, २९ असोज । हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैको सार्वजनीक विदामा पनि अधिकांश बैंकहरुले ग्राहकलाई सेवा दिने भएका छन् । बाणिज्य बैंक र विकास बैंकले राजधानी र बाहिरका केही शाखा कार्यालयबाट सेवा दिने सूचना जारी गरि जानकारी दिएका छन् ।

सरकारले दशैंको उपलक्ष्यमा फुलपातीदेखि एकादशी सम्म सार्वजनीक बिदा दिएको छ। केही समयका लागि मात्र खुला हुने ति शाखा कार्यालयबाट नगद झिक्न र जम्मा गर्न सकिने छ। प्राय  बैंकहरुले समिति समय निर्धारण गरि काठमाडौं, पोखरा, विराटनगर, विरगंज, इटहरी लगायतका विभिन्न शहरहरुको कार्यालय संचालनमा ल्याउने जनाएका छन् ।

नेपाल डेभलपमेन्ट बैंकर्स संघका कार्यवाहक अध्यक्ष गोविन्द ढकालले सम्पूर्ण विकास बैंकहरुले आ–आफ्नो पायक पर्ने समयमा बैंकिङ सेवा दिने जनाएका छन् । पोखरा, काठमाडौं र नारायगढका शाखाबाट सेवा दिने पनि जानकारी दिए ।

दशैंको समयमा धेरै कारोबार हुने गरेको कारण ग्राहकको सहजताका लागि टिकाको दिन बाहेक अन्य दिन तीन वटा कार्यालय खुला कामना सेवा विकास प्रमुख कार्यकारी अधिकृत महेश काफ्लेले जानकारी दिए ।

त्यस्तै बाणिज्य बैंकहरुले पनि दशैंको विदाको दिन आफ्नो पायक पर्ने स्थानबाट ग्राहकले सेवा लिन सक्ने र एटिएम काउन्टर चौविसै घण्टा संचालनमा रहने भन्दै बैंकहरुमा अनावश्यक हुल नगर्न ग्राहकलाई सूचना प्रकाशन गरि आश्वस्त पारेका छन् ।

मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेलले काठमाडौंको कमलादी र पोखराको शाखा कार्यालयबाट १० देखि १ बजे सम्म सेवा दिने जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x