Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

औद्योगिक विकासको मुख्य माध्यम लघु, घरेलु तथा साना उद्योग

काठमाडौं, २९ असोज । मुलुकमा औद्योगिक विकासको मुख्य माध्यम भनेकै लघु, घरेलु तथा सानाउद्योग भएको सरोकारवालाहरुले बताएका छन् ।
नेपालीहरुको महान चाड विजयादशमी, दिपावली, छठ पर्व तथा नेपाल संवत् ११३९ कोअवसरमा नेपाल घरेलु तथा साना उघोग महासंघद्वारा राजधानीमा आयोजित शुभकामनाआदान प्रदान एवम् अन्तरक्रियामा बोल्नेहरुले यस्तो बताएका हुन् ।
उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले औद्योगिक विकास गर्नका लागि मुख्यआधार नै साना उद्योग भएको बताए । गाउँघरका स्थानीय कच्चा पदार्थको प्रयोग हुनेरैथाने कुटील उद्योगको विकासबाट मात्र औद्योगिक विकास सम्भव भएको उनको भनाई थियो । मुलुकमा राजनीतिक माहौल सहज भएर मात्रै नहुने भन्दै महानिर्देशक सिंहले उद्योगधन्दा निर्वाध रुपमा सञ्चालनका लागि धेरै कुराको अनुकुलता मिल्नुपर्ने बताए। कच्चा पदार्थको भन्दा तयारी वस्तुको भन्सार बढी रहेकोतर्फ ध्यानाकर्षण गर्दै उनले राजष्व जम्मा गर्ने नाममा सबै उद्योगहरुलाई एउटै डालोमा राखेर हेर्न नहुने बताए ।
महासंघका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले अबका दिनमा देशको विकास गर्ने माध्यम भनेको लघु, घरेलु तथा साना उद्योग भएको बताए । उत्पादन, रोजगारी र कुल गार्हस्थउत्पादनमा योगदानको हिसाबले यस्ता उद्योगको भूमिका उच्च भएको उनको भनाई थियो ।
समयक्रममा विकास हुने जटिल अर्थ राजनीतिक परिवेश अनुरुप लघु घरेलु तथा सानाउद्योग सम्बन्धि नीतिहरु थप प्रष्ट एवम नियमित रुपमा परिमार्जित भई कार्यान्वयनमा आएमा मात्रै यस्ता उद्योगहरु आर्थिक रुपान्तरणको संवाहक हुन सक्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x