Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

५५ किलोमिटर लामो सामुन्द्रिक पुल

५५ किलोमिटर लामो सामुन्द्रिक पुल

काठमाडौं, ०६ कात्तिक । अनौठो र चमात्कारिक निर्माणमा सधै नै चिनको नाम अगाडी आउने गरेको छ । भर्खरै चिनले संसारको सबैभन्दा लामो सामुन्द्रिक पुल निर्माण सम्पन्न गरेर संसारलाई नै अचम्ममा पारेको छ । चिनले ५५ किलोमिटर लामो पुल ९ वर्षमा निर्माण सम्पन्न गरेर त्यसको औपचारिक उद्घाटन पनि गरेको छ । चिनका राष्ट्रपति सि जिङ्गपिङ्गले औपचारिक उद्घाटन गरेको उक्त पुलको निर्माण लागत २० अर्ब अमेरिकी डलर रहेको छ । लामो पुलसँगै रोड र कृत्रिम आइल्यान्ड पनि निर्माण गरिएको छ ।

उक्त पुल संचालन पछि हङकङ्ग देखि मकाउ र चिनीया शहर ज्हुहाइ जोडिने छन् । सामुन्द्रिक पुल बुधबार भोलीबाट नियामित संचालनमा आउने छ ।

पुल निर्माणको क्रममा १८ कामदारहरुको मृत्यु भएको थियो भने सयौं मानिसहरु घाइते भएका थिए । त्यसैले यो पुललाई ब्रिज अफ डेथको संज्ञा दिइएको छ ।

भोलीबाट संचालनमा आउने भनिएको भएपनि पुल क्रस गर्नका लागि विशेष अनुमति चाहिने छ जुन कोटा प्रणाली अनुसार दिइने छ । र अनुमति पाएका सबै सवारीसाधनहरुले रकम तिर्नुपर्ने छ । सार्वजनिक सवारीसाधन संचालनमा भने रोक नै लगाइएको छ ।

सुरुमा हरेक दिन ९ हजार २ सय सवारीसाधनले मात्र पुल क्रस गर्न सक्ने अधिकारीहरुले बताएका छन् । यसबाट १० ट्रिलियन युआन भन्दा बढि आर्थिक कारोबार हुने चिनीया अधिकारीहरुको अनुमान रहेको छ । तर, सबै सवारीसाधनलाई बन्देज लगाइएको उक्त पुलबाट त्यत्ति धेरै लाभको अपेक्षा गर्न नसकिने पनि बताइएको छ ।

बिबिसीबाट साभार गरिएको

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x