Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

ट्रायल पास गरेका ५ लाखले अव डेढ महिना भित्र स्मार्ट लाइसेन्स पाउने

ट्रायल पास गरेका ५ लाखले अव डेढ महिना भित्र स्मार्ट लाइसेन्स पाउने

काठमाडौं, ६ कात्तिक । सवारी चालक अनुमति पत्रका लागि ट्रायल परीक्षा उत्र्तिण गरि प्रतिक्षामा बसेकाहरुले अवको डेढ महिना भित्रमा स्मार्ट लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागले लाइसेन्सको प्रतिक्षामा रहेकाहरुलाई छिटो लाइसेन्स उपलब्ध गराउन नीजि कम्पनी मालिका इन्कर्पोरेटेडसँग सम्झौता गरेसँगै प्रतिक्षामा रहेकाहरुले छिटै लाइसेन्स पाउने भएका हुन ।

ट्रायल पास गरेकाहरूले एक वर्ष देखि रसिदको भरमा गाडी चलाउँदै आएको गुनासो गरेका छन् । मालिकाले आइतबारदेखि कार्ड छाप्न सुरु गरिसेको विभागका प्रवक्ता गोकर्ण उपाध्यायले जानकारी दिए । उनका अनुसारसन् २०१८ जनवरीपछि नयाँ लाइसेन्स लिने वा नवीकरणका लागि निवेदन दिनेहरुको कार्ड छाप्न सुरु गरिएको छ । कम्पनीले ४५ दिनभित्र पाँच लाख कार्ड छाप्ने प्रतिवद्धता गरेको उपाध्यायले अर्थको अर्थलाई जानकारी दिए ।

कार्ड छपाइका लागि मालिकाले २० वटा प्रिन्टिङ मेसिन ल्याएको छ। प्रत्येक मेसिनले दैनिक हजारभन्दा बढी कार्ड छाप्न सक्ने बताइएको छ।विभागले गत भद्रौमा नै मालिकालाई लाइसेन्स छपाइको जिम्मा दिने निर्णय गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x