कारोबार रकम सुध्रिएपनि परिसूचक बढ्न सकेन
काठमाडौं, ०६ कात्तिक । कारोबार रकम केहि सुध्रिएपनि नेप्से परिसूचक भने घटेको छ । नेप्से परिसूचक आज ३.४८ अंकले घट्दै १२४१.०६ विन्दुमा झरेको छ ।
फाइनान्स र उत्पादनमूलक समुह बाहेक अन्य सबै समुह घटेका छन् ।
कारोबारको तेस्रो दिन आज सबैभन्दा बढि निर्जीवन बिमा समुह ७७.६४ अंकले घटेको छ भने बिमा समुह ३५.८ अंकले घटेको छ । यस्तै वाणिज्य बैंक ०.९५, विकास बैंक ६.९३, जलविद्युत ३.५७, अन्य ५.३६ र माइक्रोफाइनान्स ८.२९ अंकले घटेको छ । यता, फाइनान्स ४.३६ र उत्पादनमूलक समुह ३१.६२ अंकले बढेको छ ।
सेयर कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सुध्रिएको छ । आज कुल १५५ कम्पनीको ८ लाख ४२ हजार १९६ कित्ता सेयर १९ करोड ८७ लाख ७५ हजार ८ सय ३४ रुपैयाँ कारोबार भएको छ ।
आज सबैभन्दा बढि युनाइटेड फाइनान्सका लगानीकर्ताले कमाएका छन् भने गुमाउनेमा समता माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ता रहेका छन् ।