Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बैंक तथा वित्तिय संस्थामा तरलता अभाव, कतिपय बैंकको सीसीडी अनुपात ८० प्रतिशत भन्दा बढी

बैंक तथा वित्तिय संस्थामा तरलता अभाव, कतिपय बैंकको सीसीडी अनुपात ८० प्रतिशत भन्दा बढी

काठमाडौं, ७ कात्तिक । पछिल्लो समय बैंक तथा वित्तिय संस्थाहरुमा लगानी योग्य रकम (तरलता)को अभावको संकेत देखिएको छ। बैंकमा जम्मा भएको रकम ठुलो परिणाममा बजारमा परिचालन भएको तर सोही अनुरुपमा निक्षेप संकलन हुन नसकेपछि बैंकहरुमा तरलता अभाव देखिन थालेको हो ।

हाल कत्तिपय वाणिज्य बैंकहरुको कर्जा तथा निक्षेप अनुपात (सीसीडी) पनि नेपाल राष्ट्र बैंकले तोकेको ८० प्रतिशत भन्दा माथि पुगिसकेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । तत्कालै समस्या नभए केहि दिन पछि बैंकहरुमा लगानी योग्य रकमको अभाव हुने प्रवक्ता पौडेलको भनाई छ । बैकिङ्ग बजारमा लगानी रलता अभाव भए रिपो जारी गर्ने पनि पौडेलले बताए ।

बजारको माग र आवश्यकता अनुसार सिसिडि रेसियो घटबढ भएको भएता पनि हाल तरलताको अभाव नभएको तर तिहार पछि भने समस्या हुन सक्ने राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बताए । उनका अनुसार चाडपर्वमा कर्जा बढि प्रवाह हुने हुँदा यो समस्या बर्षेनी दोहोरिने गरेको उनले बताए ।

उसो त नेपाल राष्ट्र बैंकले तरलता अभाव हुन नदिन बैंक तथा वित्तिय संस्थाहरुलाई विदेशबाट ऋण लिन सक्ने व्यवस्था पनि गरेको छ । तर त्यो व्यवस्था पनि प्रभावकारी रुपमा कार्यान्वयन भने हुन सकेको देखिदैन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x