सेयर बजारसँगै कारोबार रकममा पनि सुधार

काठमाडौं, ७ कात्तिक । हिजो र अस्ति दुई कारोबार दिन लगातार घटेको सेयर बजारमा आज भने सुधार देखिएको छ । आज बजार ८.०९ अंकले बढेर १२४९.९३ विन्दुमा आइपुगेको छ ।
१ सय ५२ कम्पनीको २३ करोड २८ लाख रुपैयाँभन्दा धेरैको सेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहको सूचक माथि उक्लिएको छ । सबैभन्दा धेरै होटेल समूह ७०.६९ अंकले बढेको छ । निर्जीवन बिमा समूह पनि ६३.६८ अंकले बढेको छ ।
त्यस्तै सबैभन्दा धेरै सेयर कारोबार प्रभु बैंकको भएको छ । सबै भन्दा बढी कमाउने कम्पनीहरुमा पन्चकन्या माई हाइड्रोपावर कम्पनी अग्रस्थानमा छ भने सबै भन्दा सबै गुमाउनेमा सेन्चुरी कमर्सियल बैंकका लगानीकर्ताहरु रहेका छन् ।