Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

सिन्धुलीगढी संरक्षण तथा पुनर्निर्माणको गुरुयोजना हस्तान्तरण

सिन्धुलीगढी संरक्षण तथा पुनर्निर्माणको गुरुयोजना हस्तान्तरण

काठमाडौं, ७ कार्तिक । गैर आवासीय नेपाली संघले ऐतिहासिक सिन्धुलीगढी संरक्षण तथा पुनर्निर्माण सम्बन्धि गुरुयोजना कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ । गैर आवासीय नेपाली संघ र कमलामाई नगरपालिका वीच सिन्धुलीगढी जिर्णोद्वार एवम् पुनर्निर्माण गुरुयोजना तयार पार्ने सम्बन्धमा भएको सहमति अनुसार उक्त गुरुयोजना तयार गरी हस्तान्तरण गरिएको हो । गैर आवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले बुधबार एकसमारोह वीच कमलामाई नगरपालिकाका मेयर खड्ग बहादुरा खत्रीलाई उक्त गुरुयोजना हस्तान्तरण गरेका छन् ।
गुरु योजना सबै सम्बन्धित पक्षसंग छलफल गरी तिनको सहभागितामा तयार पारिएको गैर आवासीय नेपाली संघले जनाएको छ । गुरु योजनाको स्वामित्व स्थानीय सरकारले लिने तत्कालीन सहमति अनुसार गुरुयोजना हस्तान्तरण गरिएको हो । हाल जिर्ण अवस्थामा रहेको सिन्धुली गढीको ऐतिहासिक महत्व उजागर गर्ने गरी उक्त गढीका संरचनाहरु पुनर्स्थापना गर्ने उद्देश्यले गुरु योजना तयार पारिएको गैर आवासीय नेपाली संघका अध्यक्ष भट्टले जानकारी दिए ।

गुरुयोजनामा सिन्धुलीगढीको ऐतिहासिकता र मौलिकतालाई यथावत राख्ने गरी संरचनाहरु निर्माण गर्ने उल्लेख छ । गुरुयोजना तयार पार्ने क्रममा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघबीच निरन्तर समन्वय भएको र गुरुयोजना निर्माण गर्नको लागि गैरआवासीय नेपाली संघले आवश्यक पर्ने परामर्शदाता चयन गरी यस कार्यमा लाग्ने खर्चको व्यवस्थापन गरेको छ । गुरुयोजना आर्की टाइप र कार्ड कन्स्ल्ट्याण्टको संयुक्त टोलीले तयार पारेको हो र यस टोलीको नेतृत्व आर्किटेक्ट डा. सञ्जय उप्रेतिले गरेका हुन् ।
कमलामाईका नगर प्रमुखले गुरुयोजना तयार पार्न सहयोग गरेकोमा गैरआवासीय नेपाल संघ प्रति आभार प्रकट गर्दै भविष्यमा कमलामाई नगरपालिका र गैरआवासीय नेपाली संघ वीच समन्वय र सहयोग भईरहनु पर्ने र गुरुयोजना कार्यान्वयनमा पनि मिलेर काम गर्नु पर्ने धारणा राखेका थिए । यसरी नै सिन्धुली जिल्लाका सहभागी प्रतिनिधिहरुले सिन्धुगढीलाई नेपालको नमूना पर्यटकीय क्षेत्रको रुपमा विकासका लागि सहयोग गर्न उनले अपिल गरे ।
संघका अध्यक्ष भवन भट्टले गुरुयोजनाले सिन्धुलीगढीको ऐतिहासिक महत्व र संरचनालाई संरक्षण गर्दै पर्यटनको केन्द्रका रुपमा विकास गर्न गैर आवासीय नेपाली संघका तर्फबाट सहयोग प्रदान गरिने उल्लेख गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x