Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

कृषि कर्जा प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो

कृषि कर्जा प्रभावकारी नभएको सरोकारवालाहरुको गुनासो

काठमाडौं, ८ कात्तिक । नेपाल राष्ट्र बैंकले कृषि क्षेत्रमा लगानी बढाउन बैंक तथा वित्तिय संस्थाहरुलाई कृषि कर्जा ५ प्रतिशतमा प्रवाह गर्न निर्देशन जारी गरेपनि कृषकहरुले सो अनुसार कर्जा लिन नसकेको सरोकारवालाहरुले बताएका छन् । काठमाडौंमा बिहिबार उन्नती परियोजनाद्धारा आयोजित एक अन्तरक्रिर्या कार्यक्रममा यस्तो औल्याइएको हो ।

बैंक तथा वित्तिय क्षेत्रलाई नेपालको गा्रमिण भेगको जनतामा लगानी गर्न र त्यस क्षेत्रका जनतालाई व्यवसायीमुखी बनाउन उन्नती परियोजनाले विभिन्न कार्यक्रमहरु मार्फत सघाउ पुर्याउदै आएको छ। वित्तिय पहुँच बृद्धिका लागि उन्नतीले विभिन्न लघुवित्त संस्थाहरु मार्फत कार्यक्रम गर्दै आएको छ । सो परियोजनाले संचालन गरेको कार्यक्रमको कार्र्यअवधी भने कम भएको गुनासो गरेका छन् ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न लघुवित्त संस्थाहरुले उन्नती परियोजनासंगको सहकार्यकाबारेमा र आ आफ्ना संस्थाहरुले गरिरहेको कार्यबारेमा जानकारी गराउदै वित्तिय पहुँच विस्तारमा त्यसले पुर्याएको योग्दानबारे जानकारी गराएका थिए । उनीहरुले लघुवित्त मार्फत कृषकले आवश्यकता मात्रामा कर्जा नपाएको भन्दै सो समस्या हल गर्न ठुला बैंकहरुलाई पनि यो कार्यक्रममा सहभागि गराउनुपर्ने आवश्यकता औल्याएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x