Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सिटीसी मोबाइल हबमा तिहार लक्षित मोबाइल मेला सुरु

सिटीसी मोबाइल हबमा तिहार लक्षित मोबाइल मेला सुरु

काठमाडौं, ८ कात्तिक । राजधानीको सुन्धारामा रहेको सिटीसी मलमा हालै संचालनमा आएको मोबाइल हबमा तिहार धमाका मोबाइल मेला सुरु भएकोे छ । मोबाइलका पारखीहरुका लागि नयाँ गन्तव्यको अवधारणा सहित हबले मोबाइल मेलामा आर्कषक छुटका साथै अफर भित्रको अफर योजना ल्याएको हो ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने र नजिकिदै गरेको दोस्रो ठूलो पर्व तिहारलाई लक्षित गरी भारी छुटमा मोबाइल उपलब्ध गराउन मेला आयोजना गरिएको मोबाइल हबले जनाएको छ ।

कार्तिक २२ गतेसम्म सञ्चालन हुने मोबाइल मेलामा मोवाइल खरिद गर्ने ग्राहकले दशै तिहार धमाका अन्तर्गत ६० प्रतिशतसम्म छुट पाउनेछन । त्यस्तै अफर भित्रको पनि अफरमा ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा मोबाइल समेत किन्न सक्ने छन् । साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर राखिएको मोबाइल हबका प्रबन्ध निर्देशक संगम राईले बताए ।

एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टा पट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल निशुल्क बितरण गरिनेछ ।

नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सर्भिस सेण्टर सिटीसी मलमा छन् । नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आएको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको समेत व्यवस्था छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x