Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

सेयर बजार ८.८२ अंकको गिरावट

सेयर बजार ८.८२ अंकको गिरावट

काठमाडौं, ८ कात्तिक । साताको अन्तिम कारोबार दिन आज सेयर बजारमा पुन गिरावट आएको छ । हिजो ८.०९ अंकले बढेको बजार आज ८.८२ अंकले घटेर १२४१.११ बिन्दुमा झरेको हो । परिसूचक घटेपनि हिजोको तुलनामा कारोबार रकम भने बढी भएको छ ।

आज कारोबारमा आएका मध्ये उत्पादन तथा प्रशोधन बाहेक अन्य सबै समूहको कारोबार घटेको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ४९.५६ अंकले बढेको छ । तर नीर्जिवन बीमा समूहको परिसूचक ४०.२४,होटल ३६.९४, उर्जा ११.०६ र जिवनबीमा समूहको परिसूचक १२.३९ अंकले घटेको छ ।

१ सय ५६ कम्पनीको २७ करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएकोमा सबैभन्दा धेरै सेयर कारोबार प्रभु बैंकको भएको छ । त्यस्तै छ्याङदी हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् भने बरुण हाइड्रो पावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x