Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

राष्ट्र बैंकको भवन निर्माणको जिम्मा पप्पुलाई दिने/नदिने निर्णय गर्ने अधिकार प्रधानमन्त्री कार्यालयलाई

राष्ट्र बैंकको भवन निर्माणको जिम्मा पप्पुलाई दिने/नदिने निर्णय गर्ने अधिकार प्रधानमन्त्री कार्यालयलाई

काठमाडौं, ९ कात्तिक । नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन निर्माणको ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिने, नदिने भन्नेबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई सुम्पेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नियम अनुसार पप्पु कन्स्ट्रक्सनले ठेक्का पाउने भए पनि विवादित भएकाले आफूले निर्णय गर्न नसकेको प्राधिकरणले जनाएको हो ।

प्राधिकरणको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख राजुमान मानन्धरले दसैंअघि नै प्रधानमन्त्री कार्यालयमा पत्र पठाइएको बताए। प्रधानमन्त्री कार्यालयले यसबारे निर्णय गरेको छैन।

प्रधानमन्त्री कार्यालयले निर्णय गर्न ढिला गरे भवन निर्माण नै पछि धकेलिने हुँदा २–४ दिन भित्रै निर्णय भएर आउने बताइएको छ । गत असारमा भवन निर्माणको टेन्डर आहवान भएको थियो। असोज ७ गते पप्पुले ठेक्का पाउने निश्चित भएको थियो।

पप्पुले लिएका अधिकांश ठेक्का अलपत्र छन्। पुल महाशाखाका अनुसार एकल र संयुक्त गरेर ३५ वटा पुल निर्माणको ठेक्का पप्पुले लिएको छ। पप्पु कन्स्ट्रक्सनविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा पनि दायर गरेको छ। अख्तियारले असोज १९ गते पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रौनियार र अध्यक्ष उनका छोरा सुमितसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x