पोखरा फाइनान्सको बोनस सेयरको मूल्य समायोजन
काठमाडौं, १२ कात्तिक । पोखरा फाइनान्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । मूल्य समायोजनपछि पोखरा फाइनान्सको सेयर मूल्य प्रतिकित्ता १ सय ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ ।
सोमबार यस कम्पनीको सेयर कारोबार १ सय ४९ रुपैयाँ ५२ पैसालाई नै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १ सय ६९ रुपैयाँ ७६ पैसा रहेको छ ।
कात्तिक २० गते सभा भर्न कम्पनीले आज देखि बुक क्लोज गरेको हो । आइतबारसम्म कायम सेयरधनीले मात्र बोनस र लाभांश पाउन सक्नेछन् । फाइनान्सले ८.६८४ प्रतिशत लाभांश पनि वितरण गर्न लागेको हो ।